लुम्बिनीमा सीई कन्स्ट्रक्सनको माया कम्प्लेक्स, यस्ता छन् विशेषता

काठमाडौं । सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो ।

सीईले त्यहाँं आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने परियोजना प्रस्तुत गरेको हो । पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ । त्यसमा ४० रोपनी जग्गामा फैलिएको ४८ इकाई स्वतन्त्र आवास हुने छन् । आयोजना बुद्धचोक, भैरहवाबाट ६ किलोमिटर र राजमार्गबाट १.१ किलोमिटरको दुरीमा अवस्थित छ ।

‘ओन योर ओन होम’ नामक ट्यागलाइनको साथमा यो परियोजना ल्याइएको हो । सबै सुविधाहरूको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेहरूका लागि यो परियोजना लक्षित छ । माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र त्यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्ने अन्य सुविधाहरू हुने छन् ।